सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १२, मंगलबार (३ हप्ता अघि)
  • ७९ पटक पढिएको
सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो

चैत्र १२,काठमाडौँ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै लागातार तेश्रो दिन आज पनि चाँदीको भाउ यथावत् छ । आज चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस