लगातार तेस्रो दिनपनि बढ्यो शेयर बजार, साढे ७ अर्ब रुपैयाँको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १७, आईतबार (२ हप्ता अघि)
  • ६९ पटक पढिएको
लगातार तेस्रो दिनपनि बढ्यो शेयर बजार, साढे ७ अर्ब रुपैयाँको कारोबार

चैत्र १७,काठमाडौँ । शेयर बजार लगातार तेस्रो कारोबार दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अङ्कले बढेर २ हजार ६ सय ९३ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लगानी, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज जोशी हाइड्रोेपावर डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु स्मार्ट फन्ड समूहको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस