सुनको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’ कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १९, मंगलबार (२ हप्ता अघि)
  • ६१ पटक पढिएको
सुनको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’ कतिमा हुँदैछ कारोबार ?

चैत्र १९, काठमाण्डौँ । आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। विगत चार दिनदेखि सुनको मूल्यले लगातार उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ । प्रतितोला १८ सय रुपैयाँ बढेर सुनको भाउ आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७७ हजार नौसय रुपैयाँ थियो। गएको आइतबार र शुक्रबार पनि सुनको भाउ बढेको थियो । आज चाँदीको मूल्य भने स्थिर छ। आज पनि चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस