सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २४, आईतबार (१ हप्ता अघि)
  • ५८ पटक पढिएको
सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

चैत्र २४, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस