कोशीमा आज पर्यटन वर्षको शुभारम्भ हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २७, बुधबार (१ हप्ता अघि)
  • ४३ पटक पढिएको
कोशीमा आज पर्यटन वर्षको शुभारम्भ हुँदै

चैत्र २७, काठमाण्डौँ ।  कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को शुभारम्भमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन् । पर्यटकीय क्षेत्र तीनजुरे क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गर्न प्रधानमन्त्री ओलीले आउने गरी कार्यक्रम गरे पनि अन्तिम समयमा उनी नआउने भएका हुन् ।

गत असोजमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष २०८२ घोषणा गरेको ७ महिनापछि बुधबार उद्घाटन गर्न लागिएको हो । प्रधानमन्त्री नआउने भएपछि उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । पर्यटन वर्ष कोशी प्रदेशको गौरवको कार्यक्रम हो । यसका लागि १० करोड बजेट प्रदेश सरकारले छुट्टाएको छ ।

प्रधानमन्त्री ओलीले आउने भएपछि उनकै नाम राखेर निमन्त्रण पत्र छापिएको थियो । यो वर्ष तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेको छैन । उद्घाटनमा ओली आउने भनेपछि गुराँस फुलाउन प्रदेश सरकारले दमकल प्रयोग गरेर पानी समेत हालेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस