चैत्र ३१, धार्के । यस ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय पोखरा अन्तर्गत रहेको धार्के स्टेशनको धार्के शाखामा आबद्ध केन्द्र नं १०५.०३.०४ की सदस्य श्रीमाया तामाङको असामयिक निधन भएकोले संस्थाले उनको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ ।
उक्त दुःखद घडीमा यस संस्थाका धार्के स्टेशन प्रमुख विनोद खतिवडा, शाखा प्रमुख विमल अधिकारी, शाखा कर्मचारी सुजन भट्टराई तथा स्थानीय समाजसेवीहरुको रोवरमा श्रीमाया तामाङका श्रीमान् डिलबहादुर तामाङलाई रू ४,२५,००० बराबरको चेक हस्तान्तरण गरिएको हो ।
सहायता हस्तान्तरण गर्दै स्टेशन प्रमुख विनोद खतिवडाले सदस्यको निधनमा समवेदना व्यक्त गर्दै यस लघुवित्तले आफ्ना सदस्य तथा तिनका परिवारप्रति दायित्वबोधसहित सहुलियत र राहत प्रदान गर्ने प्रतिबद्धता जनाए ।
संस्थाको तर्फबाट प्रदान गरिएको यो आर्थिक सहायता यस सुविधाअन्तर्गतको बीमा लाभ हो, साथै कर्जा रू ४००००० मिनाहा हो ।जुन सदस्यको नियमित बचत र संस्थासँगको आवद्धता अनुरूप उपलब्ध गराइएको हो ।
यस ग्लोबल आईएमई लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ।