नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको ऋण भुक्तानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख १, सोमबार (५ दिन अघि)
  • ६६ पटक पढिएको
नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको ऋण भुक्तानी

बैशाख १,काठमाडौँ । नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । २०८१ चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रकम भुक्तानी गरेको सोमबार वायुसेवा निगमद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निगमले २०८१ चैत्र सम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको समेत जारी विज्ञप्तिमा उल्लेख छ ।

‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज व्याजको व्याज हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ,’नेपाल वायुसेवा निगमका प्रवक्ता सुबास डाँगीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस