सुनको भाउ एकैदिन १७ सयले घट्यो, आज चाँदीको मुल्य कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २, मंगलबार (४ दिन अघि)
  • ८६ पटक पढिएको
सुनको भाउ एकैदिन १७ सयले घट्यो, आज चाँदीको मुल्य कति छ ?

बैशाख २,काठमाडौँ । वर्षको पहिलो कारोबार भएको दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ एक हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो कारोबार दिन गएको चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस