एकैदिन २७ सय रुपैयाँले बढेर सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, एक तोलाको कति पर्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ३, बुधबार (३ दिन अघि)
  • ४२ पटक पढिएको
एकैदिन २७ सय रुपैयाँले बढेर सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, एक तोलाको कति पर्छ ?

बैशाख ३, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । वर्ष २०८२ को दोस्रो कारोबार दिन सुनको मूल्य एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । आज यसअघि चैत ३१ गतेको एक लाख ८६ हजार रुपैयाँको उच्च मूल्यको रेकर्ड तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज एकैदिन सुनको मूल्य २७ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस