बैशाख ३,काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले ९ महिनामा २९ करोड बढी दावी भुक्तानी दिएको छ । आक्रामक रुपमा व्यापार विस्तार गरिरहेको कम्पनीले छोटो अवधिमै ठुलो आकारमा दावी भुक्तानी दिइएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा २९ करोड १३ लाख २० हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । सो अवधिमा कम्पनीले ५०५ वटा दावी भुक्तानी गरेको हो ।
दावी परेको छोटो समयमा कम्पनीले भुक्तानी दिँदै आएको छ । कम्पनीले झन्झटरहित सेवा प्रदानलाई कम्पनीले प्राथमिकता दिएको छ । बीमा कम्पनीहरु प्रति समयमै दावी भुक्तानी नहुने गुनासो व्यापाक मात्र बढ्दो छ । तर, आइएमई लाइफले भने दावी भुक्तानीलाई छिटो र सहज बनाएको छ ।
कम्पनीले मासिक औसतमा साढे ३ करोड हाराहारीमा दावी भुक्तानी दिँदै आएको छ ।
गत चैतमा मात्रै कम्पनीले ३ करोड २० लाख २ हजार बराबरको दावी भुक्तानी गरेको छ । उक्त दावी रकममा ७५ वाटा बीमालेखहरु रहेका छन्।
कम्पनीका अनुसार गत फागुनमा चालु आर्थिक वर्षकै उच्च दावी भुक्तानी दिएको छ । कम्पनीले फागुनमा ४ करोड ५३ लाख ५२ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । कम्पनीले ६८ वटा बीमालेखमा सो बराबरको दावी दिएको जनाएको छ ।
यस्तै, माघमा ३ करोड ८० लाख ८८ हजार, पुसमा ३ करोड ६७ लाख १२ हजार, मंसिरमा ३ करोड ६१ लाख ७१ हजार रुपैयाँ दावी भुक्तानी दिएको थियो । यी महिनाहरुमा कम्पनीले क्रमशः ७५, ५७, ७३ वटा बीमालेखमा भुक्तानी दिएको हो ।
यस्तै, कात्तिकमा २ करोड ८४ लाख ४५ हजार, असोजमा २ करोड १४ लाख, भदौमा ३ करोड २० लाख ६७ हजार र साउनमा २ करोड १० लाख १९ हजार रुपैयाँ बराबरको भुक्तानी दिएको छ। कम्पनीका अनुसार यी महिनाहरुमा क्रमशः ४६ वटा, ३४, ४४ र ३३ वटा बीमालेखमा दावी भुक्तानी गरेको हो ।