बैशाख ३,काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (NAIMA) को औपचारिक घोषणा भएको छ । वैद्य अर्जनाइजेशनकी रितुसिंह वैद्यको अध्यक्षता नाईमाको औपचारिक घोषणा भएको हो । राजधानीमा आयोजित एक कार्यक्रका बीच नाइमाको औपचारिक घोषणा गरिएको हो ।
नाईमाको अन्य बोर्ड सदस्यहरुमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन् ।
सञ्चालक सदस्य गोल्छा नाडाका पूर्वाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत हुन् । यसैगरी सौरभ ज्योति पनि नाडाका पूर्वअध्यक्ष हुन् ।
आज नै संस्थाले आफ्नो दृष्टिकोण , प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गरेको छ । नाईमा मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् ।
यता
नाइमाले आगामी साउन २१ गतेबाट नेपाल मोबिलिटी शो २०२५ आयोजना गर्ने भएको छ । त्यसका लागि तीन सदस्यिय कमिटी समेत गठन भएको छ ।
पहिलो पटक आयोजना हुने मोबिलिटी एक्स्पोमा गौरव सारडा, निराकार श्रेष्ठ र शिरिष मुरारका सदस्य छन् ।