प्रभु बैंक तथा कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • १५ पटक पढिएको
प्रभु बैंक तथा कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न

 

बैशाख ५,काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति बीच व्यावसायिक साझेदारीको लागि गत सोमबार एक कार्यक्रमबिच सम्झौता भएको छ ।

कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँच सहित डिजिटल माध्यममा रूपान्तरण गरी व्यावसायिक कारोबारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक लिमिटेड र कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले बैङ्कप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवा मार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त सम्झौताले पोखरा महानगरपालिका वडा नं.९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोबार नगद रहित बनाउने उद्देश्यका साथ क्यू.आर. कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ ।

यसका साथै व्यवसाय विस्तारका लागि प्रभु बैङ्कले बैङ्कको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैङ्कको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस