आज राति ९ बजेदेखि यी ठाँउहरुमा टेलिकमको सेवा अवरुद्ध हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ८४ पटक पढिएको
आज राति ९ बजेदेखि यी ठाँउहरुमा टेलिकमको सेवा अवरुद्ध हुने

बैशाख ५,काठमाडौँ । आज शुक्रबार राति ९ बजेबाट नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । फाइवर टु द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत सम्भार तथा स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले आज राति ९ बजेदेखि भोलि शनिबार बिहान ७ बजेसम्म सेवा अवरुद्ध हुने टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका ठहिटी, असन, भेंडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागल क्षेत्रमा मर्मत गर्नु परेकाले टेलिफोन, इन्टरनेट र टीभी सेवा अवरुद्ध हुनेछ ।

शनिबार ७ बजेसम्म पनि सेवा सुचारु नभएमा ०१५७००१०० वा १९८ मा सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस