नाडा र नेपाल बिमा प्राधिकरणबीच विद्युतिय सवारी साधनहरुको बीमाबारे छलफल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ५१ पटक पढिएको
नाडा र नेपाल बिमा प्राधिकरणबीच विद्युतिय सवारी साधनहरुको बीमाबारे छलफल

बैशाख ५,काठमाडौँ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग विद्युतिय सवारी साधनहरुको बीमा नीतिका सम्बन्धमा छलफल गरेको छ ।

आज शुक्रबार सो भेटघाट तथा छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारी साधनहरुको सन्दर्भमा हालसम्म विमा नीति तयार नभईसकेकोले विद्युतिय सवारी साधनको बीमा सम्बन्धमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता रहेको भन्दै विद्युतिय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनु पर्ने धारणा राखे ।
छलफलको क्रममा प्राधिकरणले सो नीतिमा विद्युतिय सवारी साधनहरुको स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, विमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ । त्यसैगरी प्राधिकरणले नाडाकालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने छ ।

विद्युतिय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नु पर्ने आवश्यकता देखिएकोले न्यूनतम रुपमा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र नाडाका साधारण सदस्य महेश पाल समेतको उपस्थिति रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस