साताको पहिलो दिन नेप्सेसंगै कारोबार पनि घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ७, आईतबार (६ घण्टा अघि)
  • ५६ पटक पढिएको
साताको पहिलो दिन नेप्सेसंगै कारोबार पनि घट्यो

बैशाख ७,काठमाडौँ । लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६८ अङ्कले घटेर २ हजार ७ सय ६ दशमलव ०४ विन्दुमा झरेको छ । नयाँ वर्षपछि शेयर बजार पहिलो पटक घटेको हो ।

आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत् र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज हिमालयन पार्वर पार्टनर र बलेफी हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार पनि घटेको छ । गएको बिहीवार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस