शेयर बजारमा दोहोरो अङ्कको गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ७, आईतबार (७ घण्टा अघि)
  • ४३ पटक पढिएको
शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेका अनुसार परिसूचक १६.६८ अङ्कले घटेर २७०६.०४ को विन्दुमा कायम भएको छ ।

आज तीन सय २८ वटा धितोपत्रका २ करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह ०.५२ र व्यापार समूह १.०२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

घटेको बजारमा आज सबैभन्दा धेरै नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ७.३३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ६८ करोड ७६ लाख ९७ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बलेफी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २४ लाख ८३ हजार सात सय ६३ कित्ता शेयर किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस