चालु वर्षको नौं महिनामा निर्यात ६५ प्रतिशतले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ८, सोमबार (१० घण्टा अघि)
  • ५२ पटक पढिएको
चालु वर्षको नौं महिनामा निर्यात ६५ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा निर्यातको हिस्सा ६५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा निर्यात करिब दुई खर्बनजिक पुगेको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको छ । गत वर्षको सोही अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको निर्यात भएको थियो ।

विभागका अनुसार सबैभन्दा धेरै निर्यात हिस्सा प्रशोधित खाने तेलको रहेको छ । कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ । नौ महिनामा ७४ अर्ब २८ करोड रुपैयाँको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ ।

त्यस्तै १७ अर्ब ४६ करोड रुपैयाँको धागो, ११ अर्ब ९५ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपैयाँ बराबरको चिया कफी तथा अन्य मसला निर्यात भएका छन् । यस्तै नौ अर्ब ३० करोड रुपैयाँको गलैँचा र ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस