बैशाख १०,काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ सात हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार रुपैयाँ नौ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।