काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार झिनो अकंले बढेको छ । कारोबार रकम पनि बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.५८ अंक बढेर २६ सय ६१ को विन्दुमा कायम भएको छ । कारोबार रकम पनि आज उच्च भएको छ । आज ३१४ वटा कम्पनीको दुई करोड ८४ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ १० अर्ब ८७ करोडको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । सबैभन्दा बढी बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स १० प्रतिशले बढेको छ ।
यस्तै बढेको बजारमा आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तको मूल्य घटेको छ । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने नारायणी डेभलपमेन्टको ५.०२ प्रतिशत घट्यो ।
आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, एचआईडीसीएल र एचआईडीसीएल प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ ।