एक वर्षपछि जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख १६, मंगलबार (५ घण्टा अघि)
  • ७१ पटक पढिएको
एक वर्षपछि जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

वैशाख, १६ काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति दिएको हो ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपियाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया शुरु गर्ने जनाएको छ ।

करिब एक वर्षपछि बोर्डले जलविद्युत कम्पनीको आईपीओ निष्काशन स्वीकृत गरेको हो । २०८० पुस (११ महिना)देखि  सेबोन नेतृत्व विहिन बन्दा शेयर निष्काशनको प्रकृया रोकिएको थियो ।

गत मंसिरमा सरकारले बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त गरेसँगै आईपीओ निष्काशनको बाटो खुलेको हो । अन्य कम्पनीको आईपीओ आएपनि जलविद्यत कम्पनीले अनुमति पाएको थिएन । अझै ५५ अर्ब रुपैँया बराबरको शेयर निष्काशनको अनुमतिको पर्खाइमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस