चक्रपथमा मोनो रेल : अध्ययन गर्न चीनको चाइना कम्पनीलाई जिम्मा

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ जेष्ठ १२, शनिबार (६ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ ।

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएपछि अध्ययनको काम रेल वेलाई दिइएको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोे रेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याए । उनले भने, “मोनो रेल चलाउँछौँ भनेकै एक वर्ष भइसक्यो, विधि मिलेपछि काम गर्ने बाटो खुल्छ, काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौँ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू महानगरवासीलाई सरल जीवनयापन गर्ने सुविधाको, सुन्दर उपहार दिन लागिरहेको बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस