जलविद्युत् निर्माणमा स्थानीय तहले बखेडा झिकेपछि…

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । जलविद्युत् निर्माणमा स्थानीय तहले बखेडा झिक्न थालेका छन्।

रामेछाप र ओखलढुंगा सिमानामा बग्ने लिखु खोलामा निर्माण हुन लागेको २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना गाउँपालिका अध्यक्ष गोविन्द खड्काले आयोजना स्थलमै गएर आयोजना निर्माण रोक्न निर्देशन दिए।

धरान उपमहानगरपालिकामा मेयरले नै कोसी करिडोर प्रसारण लाइन निर्माण रोक्न आयोजनालाई पत्र लेखेका छन्। यी दुई आयोजना मात्र होइनन्, इर्खुवालगायत आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणमा स्थानयी तह बाधक देखिएका छन्।

निर्वाचित तहबाटै जलविद्युत् आयोजना निर्माणमा अवरोध भइरहेको निजी क्षेत्रका जलविद्युत् आयोजनाको छाता संंगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० का अध्यक्ष शैलेन्द्र गुरागाँईले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस