फागुन २६,काठमाडौँ । स्याटेलाइटमा भारत दक्षिण एसियाको शक्तिशाली देश हो । भारतसँगै पाकिस्तानसँग पनि आफ्नै स्याटेलाइट छ । भारत र पाकिस्तानपछि आफ्नै स्याटेलाइट हुने देश बंगलादेश हो ।
जसले केही वर्षअघि मात्रै मेगा वा पूर्ण स्याटेलाइट प्रक्षेपण गरेको हो । आफ्नै स्याटेलाइट हुने चौथो देश नेपाल बनेको छ । तर पूर्ण क्षमताको मेगा स्याटेलाइट प्रक्षेपण गर्न नेपाललाई अझै केही वर्ष लाग्नेछ ।
दक्षिण एसियामा अफगानिस्तान, श्रीलंका, भुटान र माल्दिभ्ससँग अहिले पनि आफ्नै स्याटेलाइट छैन ।