जहाँ सडकको ट्रयाक नै छैन, त्यहाँ आठ करोडको पुल !

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ अषाढ १, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १,दोलखा। सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत खोलिएको छैन ।

गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्र्याक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोडको लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो ।

दोलखाको व्यापारिक केन्द्र सिंगटी बजार पुग्नुभन्दा झन्डै चार किलोमिटरअगाडिको बन्चरेभन्दा डेढ किलोमिटर तल तामाकोसी नदीमा बन्दै गरेको पुलसम्म पुग्न सडक खन्ने काम विभाग आफैँले गरेको थियो

ताजा अपडेट

खोजी गर्नुहोस