तेस्रो पटक म्याद थप्दा पनि सकिएन सडक चौडा पार्ने काम

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ श्रावण १६, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १६,काठमाडौँ । सडकको दूरी जम्मा पाँच सय मिटर मात्रै छ । तदारुकताका साथ काम गर्ने हो भने कम्तीमा ६ महिनामा चौडा पारेर कालोपत्रे गरिसक्न भ्याइन्छ । तर विडम्बना १ पाँच सय मिटर सडक बनाउन तीन–तीन पटकसम्म म्याद थपिएको छ । यतिका पल्ट म्याद थपिँदाको प्रगति मूल्यांकन हेर्दा सडकको अवस्था अझ बेहाल देखिन्छ ।

सडकको बीचबीचमा खाल्डा मात्रै छन् । पैदलयात्रु मुख नछोपी हिँडडुल गर्नै सक्दैनन् । सातदोबाटोदेखि लगनखेल जोड्ने मुख्य सडक लगनखेल–सातदोबाटो सडक हिँडिसक्नु छैन हिजोआज ।

दुई वर्षअघि जेठ २०७४ मा सुरु भएको सडक योजनाको मुख्य काम अझै बाँकी छ । सबैतिर चौडा पार्ने काम सकिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस