काठमाडौँ महानगरको १४ नम्बर वडालाई नमुना बनाईदै

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ मंसिर १२, बिहिबार (५ साल अघि)
  • ४७ पटक पढिएको
Post Thumbnail

मंसिर १२,काठमाडौँ । काठमाडौँ महानगर वडा नम्बर १४ ले नमुना वडा बनाउन सरोकारवाला संग प्रारम्भिक छलफल गरेको छ । वडा नम्बर १४ को ईम्पिरियल होटलमा भएको कार्यक्रममा नमुना वडा बनाउने अभियान अन्तर्गत शुरुमा वडालाई हरियाली प्रवद्र्धन एवं कलंकी चोकदेखी सोल्टीमोड सम्मको सडक खण्डमा डिभाईडर राख्ने,दायाँबाँया रुख रोप्ने,फुटफथलाई व्यवस्थित गर्ने लगायतका काम गरिने बताइएको छ । वडाले भिजिट २०–२० लाई सफल बनाउन गर्न सक्ने कामका विषयमा समेत छलफल भएको थियो ।

सो क्रममा वडा अध्यक्ष शोभा सापकोटाले वडाले गरेका काममा जनताको साथ र सहयोग हुनुपर्ने बताईन । उनले भनिन्–राज्यले लगानी गरेर मात्रै हुँदैन जुन ठाँउमा जे काम भईरहेको छ त्यसमा नागरिक आफैपनि जागरुक हुनुपर्छ । उनले सवै काम वडाले गर्छ भन्ने मानसिकता बाट हटेर मेरा वडा मै बनाउछु भन्ने सोचले सबै अघि बढ्नु पर्ने बताईन । उनले जथाभावी फुटपाथमा पसल गर्ने,निर्माण सामाग्री राख्ने गतिविध तत्काल रोक्न आग्रह गर्दै अटेर गरे अब वडाले कारवाही गर्ने बताईन ।

सो क्रममा अध्यक्ष सापकोटाले वडामा थप सिसी क्यामेरा राख्ने काम पनि तिव्रताका साथ हुने बताईन । महानगरको द्धारको रुपमा रहेको वडा नम्बर १४ मा छिट्टै स्वागत गेट समेत बन्न लागेको जानकारी दिईन । छलफलको क्रममा वडा नम्बर १४ का सल्लाहकार बालानन्द पौडेलले आफ्नो वडाभित्र रहेका सडकमा भएको कालोपत्रेको गुणस्तरको विषयमा वडाले ध्यान पुर्याउनुपर्ने बताए । उनले सडक हरियाली गर्ने काम राम्रो भएपनि सडकको स्ट्याण्र्डड भन्दा बाहिर रुख लगाउन नहुने बताए ।

वडाले अन्य सरोकारवालासंग सहकार्य गरेर रुख रोप्ने,डिभाईडर राख्ने काम अघि बढाउनुपर्ने बताए । छलफल गर्ने क्रममा वडाभित्र रहेका स्कुल,क्याम्पसले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अन्तर्गत एलआरआई स्कुलले कलंकीदेखी लाम्पाटी सम्म डिभाईडर राख्न सहयोग गर्ने स्कुलका अध्यक्ष शिवराज पन्तले बताए । उनले आवश्यक ठाँउमा अन्य सहयोग गर्न पनि तयार रहेको बताए । यसैगरी छलफलको क्रममा प्याब्सनका केन्द्रिय सदस्य तथा एडमार्क एकेडेमीका अध्यक्ष पुरोषोतम अधिकारीले घर,परिवार,विद्यायल सबै मिलेर वडालाई नमुना बनाउन लागि पर्नुपर्ने बताए ।

छलफलमा सरसफाई अभियन्ता हेमन्त नेपालले वडालाई सहयोग गर्न आफु तयार रहेको बताउदै वडाका विभिन्न अभियानको विषयमा जानकारी दिए । उनले सडक आसपासका घरहरुलाई कलरफुल बनाउने,वडामा रहेको होटल,स्कुल तथा पार्टी प्यालेसहरुको किचन चेक गर्ने, लगायतका काम अघि सार्न लागेको बताए ।

सो क्रममा लाईन्स क्लब हाईभिजन,काठमाडौँकी सदस्य सुधा देवकोटाले लाईन्स क्लवबाट वडालाई स्वयम सेवकिय सहयोग हुने प्रतिबद्धता जनाईन । कार्यक्रममा प्रहरी चौकी कलंकीका प्रहरी निरिक्षक केशवराज भट्टले सबैले समस्या देखाउने काम भएको भन्दै समस्या समाधानको बाटोमा सबै लागेमात्रै नमुना वडा बनाउन सकिनेमा जोड दिए । वडा अध्यक्ष सापकोटाले बुधबारको छलफल प्रारम्भिक मात्रै भएकोले आगामी दिनमा अझै बृहत छलफल गरेर नमुना वडा बनाउन्े अभियान तिव्र गतिमा अघि बढाउने बताईन ।

ताजा अपडेट

खोजी गर्नुहोस