पौष १५, काठमाण्डौँ । सरकारले कालापानी सम्म बाटो बनाउन बजेट विनियोजन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा भएको छलफलमा बाटो खन्न बजेट छुट्याइएको जानकारी दिए ।
गृहमन्त्री थापाले भारतसँगको सिमानामा १ सय ५ वटा सीमा चौकी स्थापना गर्ने जानकारी पनि दिए । त्यस्तै चीनसँगको सीमा ७ वटा सीमा चौकी स्थापना गरिने छ । समितिमा सीमा समस्याबारे गृह, परराष्ट्र, भूमिलगायत चार विभागीय मन्त्रीसँग छलफल चलिरहेको छ ।