असार २३,काठमाडौँ । नागरिक अगुवा एवं चिकित्सक डा. सुन्दरमणि दीक्षित्तले डा. गोबिन्द केसीले सरकारी तलब खाएर आन्दोलनका नाममा नागरिकको मानवाधिकार हनन गरिरहेको बताएका छन ।
डा. दीक्षित्तले स्वास्थ्य क्षेत्रमा सुधारको कुरा गर्ने डा।केसीले आफु कार्यरत टिचिङ अस्पतालको हाडजोर्नी विभागमा सुधार गरेर देखाउन चुनौती दिए। उनले , ‘डा.अशोक बाँस्कोटाहरुले निजी क्षेत्रबाट अपाङता भएकाहरुको उपचार गरेर हिँडन सक्ने बनाउन सक्छन् तर नेपालकै राम्रो अस्पताल टिचिङमा डा. केसीले विरामीलाई सद्दे बनाउन सकेको देखिएको छैन् । पहिला आफु कार्यरत विभागको स्तर सुधार्न सक्नु पर्यो, अनि मात्र स्वास्थ्य क्षेत्रको कुरा केसीले गरुन् ।’
डा. दीक्षित्तले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्न पाइन्न भन्ने डा. केसी आफैै चिकित्सा क्षेत्रमा थप सम्बन्धन दिन पाईदैन भनेर सिन्डिकेट लागु गर्न चाहिरहेको बताए ।
डा. गोबिन्द केसीलाई डा. दीक्षित्तको चुनौति छ– राजनीति गर्ने हो भने सरकारी जागीर छाडेर पार्टी दर्ता गरे हुन्छ ।