चिकित्सा शिक्षा विधेयक कांग्रेसकै सहमतिमा अघि बढाउने मन्त्री पोखरेलको प्रतिवद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ३१, आईतबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असार ३१,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राख्नुभयो । आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले विधेयक माथेमा कार्य दलले दिएको सुझावको मूल ‘स्पिरिड’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्च स्तरीय आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई सहयोग गर्न पनि आग्रह गरे ।

मन्त्री पोखरेलले माथेमा कार्यदलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्ताबेजको रुपमा लिन नहुने धारणा राखे । उनले सरकारले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दावी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस