साउन २,काठमाडौँ । जुम्लामा १९ दिनदेखि अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै नेपाल चिकित्सक संघले बिहीबार (भोलि) देशभरका स्वास्थ्य संस्था बन्द गर्ने भएको छ ।
गत सोमबार सरकारलाई ४८ घन्टे ‘अल्टिमेटम’ दिएका चिकित्सकहरुले यसबीचमा सरकारले कुनै चासो नदेखाएपछि सेवा ठप्प पार्ने बाध्यतामा पुगेका हुन् ।
चिकित्सक संघले बिहीबार एक दिन देशभरका सरकारी तथा निजी अस्पताल, नर्सिङहोम र क्लिनिकहरुमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
संघले स्वास्थ्य संस्थाहरु बन्द गरेर बिहीबार मध्याह्न १२ गते माइतीघरमन्डलामा प्रदर्शनमा उत्रन पनि सबै चिकित्सकहरुलाई आह्वान गरेको छ ।