बिन्दवासिनी माविमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

Post Thumbnail

-निर्मल पुरी

साउन १३,काभ्रे । ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय, घरघरमा पुस्तकालय’ भन्ने मुख्य नाराकासाथमा सुरु गरिएको पुस्तकालय अभियान ‘साब्लाबुंग पुस्तक हस्तान्तरण कार्यक्रम’ को चौथो चरण काभ्रेमा आज सम्पन्न भएको छ । पुस्तक हस्तान्तरण जिल्लाको रोशी गाउँपालिकाको मंगलटार रसबस विन्ध्यवासीनी माविमा सम्पन्न भएको हो ।

कार्यक्रममा अभियानका अध्यक्ष राजकुमार राई, उपाध्यक्ष ग्यान्दरी कैनी, सदस्य संगीता राई, बाल कथाकार देबकी केशी, पत्रकार निर्मल पुरी भोगीको उपस्थितीमा सम्पन्न भएको हो । सो विद्यालयलाई बाल साहित्य, कबिता, आख्यान, गजललगायत बिभिन्न बिधाका करिव सोह्र सय पुस्तक प्रदान गरिएको छ ।

यस अघि अभियानले भोजपुर नेपालेडाँडाको शान्त मा।वि र संखुवासभा चेवा जालपा मा।विलाई करिब २ हजार प्रति, मंगलादेवी प्रा.विलाई गैरीपांगलाई आठ सयप्रति पुस्तक हस्तान्तरण गरिसकिएको अभियन्ता राजकुमार राईले जानकारी दिए ।

पुस्तक हस्तान्तरण कार्यक्रममा अभियान्ता राइले कुनै पुस्तकालयमा थन्काएर राख्नुभन्दा विकट बस्तीका विद्यार्थीले पढ्न पाएमा सिकाइ राम्रो हुने बताए । त्यहिअनुरुप आफूहरुले पनि विभिन्न विद्यालयलहरुलाई पुस्तक वितरण गरिरहेको उनले बताए ।

साथै, अभियान्ता राइले एकेडेमी तथा स्टेसनरीमा पुस्तक थन्क्याएर राख्नुभन्दा अभियानलाई सहयोग गरेमा कुनै पनि पुस्तक शहरमा बोतलमा बेचिनबाट जोगिने धारणा व्यक्त गरे । उनले कबाडीलाई बिक्री नगरेर पढ्न योग्य पुस्तक विकट गाउँका विद्यालयलाई वितरण गर्नुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस