भाद्र १२,चितवन । आज चितवनमा मेट्स अस्ट्रेलिया एजुकेशन फेयर २०१८ हुने भएको छ । भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा आज एक दिन आयोजना हुने फेयरमा विभिन्न १५ कलेज तथा इन्स्युटिच्युटहरुको सहभागिता रहनेछ ।
फेयरमा उच्च शिक्षाका लागि अष्ट्रेलियाका साथसाथै अन्य ६ ओटा देशहरुमा पढ्न जानको लागि उचित परामर्श लिन सकिने छ । पढ्न जान इच्छुक विद्यार्थीहरुले त्यहाँ जानका लागि के गर्नुपर्छ ? भिजा प्रक्रियाहरु के छन् र कस्तो सीप लिएर गएपछि समस्याहरु आउँदैनन् भन्ने विषयमा जानकारी लिन सक्नेछन् ।
मेला विहान ११ बजे देखि ४ बजेसम्म चल्नेछ । एक दिन चल्ने मेट्स मेलामा गएर उच्च शिक्षाका लागि वैदेशिक यात्रा गर्न इच्छुक विद्यार्थीहरुले आवश्यक जानकारी लिन र पाउन सक्नेछन् । यस मेलामा बैंकिङ पार्टनरको रुपमा नेपाल एसबिआई, सानिमा र ग्लोबल आईएमई बैंक रहेका छन् ।