बिमस्टेक शीखर सम्मेलन : राजधानीका अधिकांश विद्यालयको पठन–पाठन प्रभावित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १३, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । राजधानीका अधिकांश विद्यालयको पठन–पाठन आज पनि नहुने भएको छ । बिमस्टेक शीखर सम्मेलनलाई लक्षित गर्दै उपत्यकामा जोर–बिजोर प्रणालीमा सवारी चल्ने भएपछि अधिकांश विद्यालयहरुको पठन–पाठन आज पनि प्रभावित हुने भएको हो ।

यसअघि सरकारले बिमस्टेक शीखर सम्मेलनको सुरक्षा तथा ट्राफिक व्यवस्थालाई ध्यान दिँदै भदौ १४ र १५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । तर जोर–बिजोर प्रणालीले विद्यार्थीको आवागमन असहज हुने भन्दै उपत्यकाका करिब ६० प्रतिशत विद्यालयले बुधबार पनि छुट्टी दिएका छन् ।

ट्राफिक प्रहरीले उपत्यकामा आज बिजोर र भोलि जोर नम्बरका सवारी मात्र गुड्न पाउने नियम बनाएको छ ।

प्याब्सनका महासचिव राजेन्द्र बानियाँले विद्यालयलाई छुट्टै व्यवस्था नगरी जोर–बिजोरका आधारमा सवारी गुड्ने व्यवस्था गरिएका कारण उपत्यकाका ६० प्रतिशत विद्यालयले बिदा दिने निर्णय गरेको जानकारी दिए ।

‘विद्यालयको चाहनाले भन्दा पनि सरकारको जोर–बिजोरमा सवारी चलाउने नियमले ६० प्रतिशत विद्यालय छुट्टी दिन बाध्य भएका छन्’, बानियाँले भने ।

बानियाले २ दिन छुट्टी दिने र एक दिन जोर–बिजोरमा सवारी चल्न पाउने सरकारको निर्णयलाई मृत्य दण्ड नभनी पोइजन खुवाएजस्तो भएको टिप्पणीसमेत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस