विश्व अल्जाइमर दिवस आज, नेपालमा पनि मनाईँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ५, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौं । अल्जाइमर रोग सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व अल्जाइमर दिवस शुक्रबार नेपालमा पनि मनाईँदैछ ।

हरेक वर्ष सेप्टेम्बर २१ का दिन अल्जाइमरस् डिजिज इन्टरनेशनल, एडिआई नामक अन्तर्राष्ट्रिय अभियानको आह्वानमा यो दिवस मनाउने गरिएको छ । एक प्रकारको बिर्सने वा भुल्ने रोग हो अल्जाइमर, यसलाई डिमेन्सियाकै प्रकार भित्र पनि राख्ने गरिएको छ ।

यो रोगका कारण स्मरण शक्ति ह्रास हुने, व्यक्तिको सोच्न सक्ने क्षमताका कमी आउनेसहितका समस्या देखिन्छ । विश्वमा हरेक तीनमा दुईजनामा अल्जाइमर सहितका डिमेन्सियाका बारेमा केही जानकारी रहेको पाइएको छ तर यस बारेमा रहेको गलत धारणका कारण समस्या उच्च रहेको विज्ञले बताएका छन् ।

एक अध्ययन अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिमा कुनै प्रकारको डिमेन्सियाको अनुभाव गर्ने गरेका छन् । पछिल्लो २०–३० वर्षदेखि वैज्ञानिकबिच खानामा रहने प्रोटिनको मात्राले अल्जाइमर विकास गर्न मुख्य भूमिका खेल्नेमा तर्क गर्दै आएका छन् ।

यस्तै चिन्ता कम गर्नका लागि खाइने औषधि, सुताइमा हुने अनियमितता, टाउकोमा लाग्ने चोट, एक्लोपन, टाइप थ्री डाइबिटिजका कारण पनि अल्जाइमर हुने सम्भावना रहन्छ ।

यो रोग निको हुने गरी अहिलेसम्म औषधि बनेको छैन ।

तर सन् १९९८ यता औषधि बनाउने १०० भन्दा धेरै प्रयास भएका छन् । तर चारवटा मात्रै प्रयोगका लागि प्रमाणिकरण भएका छन् र ती पनि पूर्णरुपले निको पार्ने औषधि भने होइन् । विश्वमा अहिले चार करोड ७० लाख भन्दा बढी मानिस डिमेन्सियासहितका रोगबाट प्रभावित छन् ।

अल्जाइमरको सुरुवाति चरणमा व्यक्तिको व्यवहार र व्यक्तित्वमा परिवर्तन आउने, राखेको सामान बिर्सने वा हराउने, वित्तिय कारोबार गर्न कठिनाई हुने, दैनिक कार्यमा असजिलो हुने हुन्छ ।

यस्तै झट्ट रिसाउने, अस्वाभाविक व्यवहार देखिने, धेरै कुरा बिर्सने, नयाँ कुरा सिक्न र नयाँ वातावरणमा घुलमिल हुन नसक्नेसहितका लक्षण देखिन्छ ।

अल्जाइमरसहितका रोगबारे रहेको गलत धारण हटाउनु र परमार्श तथा यस्ता व्यक्तिलाई दिइने मानसिक साथ नै प्रमुख कुरा रहेको विज्ञले बताउने गरेका छन् ।

यो रोगबाट जोगिनका लागि ब्लड कोलेस्ट्रोल लेभल ३.९ एमएमओएल/एल, ब्लड सुगरको मात्रा पाँच एमएमओएल/एल भन्दा कम राख्ने, यस्तै मोटोपनक कम गर्ने, आवश्यक मात्रामा फ्याटी एसिड खानेसहितका उपाय अपनाउन सकिने विज्ञको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस