कारागारमा स्वास्थ्यकर्मीको अभाव : कैदी निजी मेडिकलमा उपचार गराउन बाध्य

Post Thumbnail

असोज ६,बझाङ । बझाङ कारागारमा स्वास्थ्यर्मीको अभाव भएको छ । दरबन्दी भए पनि दुई वर्षदेखि स्वाथ्यकर्मी अभाव हुँदा कारगारमा रहेका बिरामी कैदीलाई समस्या हुने गरेको छ । कारागारमा नियमित स्वास्थ्यर्मी नबस्दा बिरामी कैदीहरुलाई बिरामी भएका बेला उपचारका लागि कारागार बाहिर गएर उपचार गर्न समस्या हुने गरेको छ ।

कैदीको उपचारका लागि सिनियर अहेबको समेत दरबन्दी रहे पनि कारागारमा स्वास्थ्यकर्मी छैनन् । दुईवर्ष अगाडि कारागारमा रहेका हेल्थ असिस्टेन्ट सेते नेपाली सरुवा भएर डोटी जिल्ला गएदेखि कारागारमा अहिलेसम्म स्वास्थ्यकर्मी नआएको कारागारका जेलर राजेन्द्रबहादुर बोहराले बताए ।

‘कारगारमा कैदीहरुको उपचारमा निकै नै समस्या हुने गरेको छ’, कारागारका जेलर बोहोराले भने, ‘अहिले त जेन तेन जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर उपचार गर्ने तथा बिरामी भए निजी र जिल्ला अस्पतालमा कैदी लगेर उपचार गराउनु पर्ने बाध्यता रहेको छ ।’

लामो समयदेखि जिल्ला कारागारमा कर्मचारी अभाव भएको भन्दै बारम्बार केन्द्रमा जानकारी गराए पनि अहिलेसम्म समस्या समाधान नभएको जेलेर बोहोराले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस