मुलुकलाई आगामी बर्षभित्र साक्षर घोषणा गर्ने सरकारको तयारी

Post Thumbnail

असोज १५,महोत्तरी । मुलुकलाई २०७६ सालभित्र साक्षर घोषणा गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताएका छन । सोमबार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ४ र ५ लाई विद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

अनिर्वाय तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ असोज ३ गतेको दिन राष्ट्रपतिबाट पारित गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले ऐनमा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य तथा निःशुल्क शिक्षाका रुपमा दिइने सरकारी तयारी रहेको बताए ।

सरकारले अनुगमनका क्रममा देशभरिमा तीन लाख १३ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेको तथ्याङ्क सार्वजानिक गरेकामा यस वर्ष पहिलो चरणमा दुई लाख ५३ हजार र दोस्रो चरणमा एक लाख ५९ हजार बालबालिका भर्नाको तयारीमा रहेको मन्त्री पोखरेलले बताए । सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अभिभावक तथा शिक्षकले समेत जिम्मेवार हुनुपर्नेमा मन्त्री पोख्रेलले जोड दिए । २०८५ सालसम्ममा शिक्षा नलिनेले बैंकमा खाता खोल्न नपाउने जस्ता नियमावली पनि ऐनमा समावेश गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस