आज विश्व वाथरोग दिवस : वाथरोगले सताएको कसरी थाहा पाउने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २६, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौं । आज विश्व वाथरोग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । यसै अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले सचेतना र्‍याली निकालेको छ ।

अल्का अस्पतालबाट सुरु भएको र्‍याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै पुनः अल्का अस्पताल पुगेर टुंगिएको थियो ।

पछिल्लो समयमा वाथरोगको विज्ञान र प्रविधिको प्रगतिले गर्दा नयाँ नयाँ औषधि र उपचार पद्वितिहरु आइसकेका बिज्ञहरुले बताएका छन् ।

यो रोगको उपचारपछि ९५% निको हुने सम्भावना रहन्छ भने कति त शतप्रतिशत नै निको हुने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले जानकारी दिए।

वाथलाई अङ्ग्रेजीमा आथ्र्राइटिस भन्ने गरिन्छ । तराईतिर यसलाई गठिया पनि भन्ने गरिन्छ । वाथरोग लागेमा शरीरको कुनै पनि हाडजोर्नी, मांशपेशी, छाला, नशा दुख्छ । यसले हाडजोर्नी बाहेक शरीरको कुनै पनि भित्रीअंग जस्तै मुटु, मृगौला, फोक्सो, टाउको (मस्तिस्क), कलेजो लगायतका शरिरका अंगलाई असर गर्छ ।

यस रोगलाई हेर्ने चिकित्सकलाई र्हूमाटोलोजिस्टभन्ने गरिन्छ । वाथपनि एउटै किसिमको हुदैन र सयौंभन्दा बढी किसिमको हुने तथा रोगहरुको लक्षणहरुलाई छुट्याई विभिन्न बाथहरुको नामाङ्कन र विशेषताहरुलाई हेरिने डाक्टर गुप्ताले बताए ।

अहिलेसम्म सयौँभन्दा बढी प्रकारका वाथरोग भएको पाइएको छ । हरेक वाथका आ-आफ्ना लक्ष्यण तथा कारणहरु हुने गर्छन् ।

वाथरोग रोगसँग लड्ने प्रतिरोधात्मक प्रणालीको गडबडीले हुने गर्छ । अर्थात प्रत्येक मान्छे भित्र रोगसँग लड्ने एक किसिमको क्षमता हुन्छ तर यस रोगले त्यसकै विरुद्दमा शरीरलाई नै हानिकारक गर्ने असमाजिकतत्वहरु जसलाई एन्टीबडि भन्ने गछौ, त्यस्तो किसिमको तत्वहरुको उत्पत्ति गराएर शरीरका विभिन्न भागको हाड, र्जोनी र कार्टिलेजहरु ड्यामेज गर्ने गरेको डाक्टर गुप्ताले बताए । वाथरोगको प्रतिकृयाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी शरीरलाई नै दुर्बल पार्ने गर्छ ।

समग्रमा भन्दा नेपालीहरुमा सबैभन्दा बढी युरिक एसिड बढेर हुनेवाथ, हड्डी खिइने वाथ, कम्मर दुख्ने वाथ, रिडको हड्डीमा हुने वाथ बढी भेटिएको छ । तीमध्ये कतिपय वाथ वंशाणुगत पनिहुने गरेको डाक्टर गुप्ताले बताए ।

डाक्टर गुप्ताका अनुुसार वाथ कुनै एक व्यक्ति विशेषलाई मात्रै हुने रोग होइन । यो नवजातशिशु देखि ८०/९० वर्षको उमेर सम्मका जुनसुकै उमेरका व्यक्तिलाई जुनसुकै बेलामा पनि हुनसक्छ । वाथहरुमध्ये साधारणतया बुझिने भाषामा भन्दा बढी हड्डी खाने बाथ हुन्छन् भने अरु मांशपेशी, छाला, आँखा, नसा तथा शरीरको भित्री अंगहरुलाई नै असर गरी उत्पन्न हुने वाथहरु पनि हुने गरेको डाक्टर गुप्ताले बताए ।

प्रायः वाथका रोगी दुखाईको समस्यासहित आउने गरेको डाक्टर गुप्ताको भनाई छ ।

सबैमा हाडजोर्नी दुख्ने, सुन्निने, फुल्ने, समस्या देखिन्छ । बिरामीहरुमा बिहान उठ्दा हातका औला, जोर्नीहरु कक्रक्क पर्ने, साह्रो हुने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जाम भए जस्तो हुने, हिड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ ।

शरीर झमझम गर्ने, मांशपेशी भित्र दुख्ने, ज्वरो आउने, कपाल झर्ने, चिसोपानीमा हात राख्दा छालाका रंग परिवर्तन हुने, शरीरमा रातानिला सानासाना टाटाहरु आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदा पुतलीको प्वाख जस्तो गाला रातो डाम आउने, मुखमा घाउ आउने आदि हुन्छन् ।

उकालो–ओरालो गर्दा र भर्‍याङ् चढ्दा हड्डीहरु दुख्ने गर्छन् । ती एकै किसिमको वाथको आ–आफ्नो लक्षणहरु रहेको उनले बताए।

बाथबाल–बालिका तथा सानै उमेरमा पनि लाग्ने गर्छ । कतिपय वाथहरुले वर्षौ पीडा दिइरहेका हुन्छन्, त्यसका बाबजुद पनि तिनले शरीरलाई घातै गर्नेगरी हानी गर्दैनन् ।

तर नराम्रा वाथहरुले केहीदिन, महिना र वर्षदिनभित्रै हड्डी बाङ्गिने र त्योसँगै मुटु, मृगौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात पुर्‍याउँदछन् ।

तसर्थ वाथलाई हामीले हाडजोर्नी दुख्ने रोग मात्रभनेर पनि बुझ्नु हुँदैन । यसले शरीरको कुनै अंगलाई आन्तरिक रुपमा क्षति गराइदिन सक्ने डाक्टर गुप्ताको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस