जन्मदिनको अवसरमा आफैले भर्ना गरेका सौगातलाई सुदेशले पठाए शैक्षिक सामाग्री !

Post Thumbnail

कार्तिक १३,काठमाडौँ । अनेरास्ववियूका केन्द्रिय सचिव सुदेश पराजुलीले आफ्नो जन्मदिनको अवसरमा आफुले अभिभावकत्व ग्रहण गरेको बालक दाङ जिल्ला तुलसिपुरमा अवस्थित महेन्द्र उ.मा.विमा विपन्न परिवारका ७ वर्षिय सौगत सुनारलाई शैक्षिक क्रियाकलापलाई अघि बढाउन शैक्षिक सामाग्री (स्कुल ड्रेस, आवश्यक कपडा)हरु पठाएका छन ।

उनले गएको शैक्षिक सत्रिमा सरकारले सञ्चालन गरेको भर्ना अभियानमा सुनारको अभिभावकत्व ग्रहण गरेका थिए । सचिव पराजुलीले बालक सुनारलाई कक्षा २ मा भर्ना गरेका थिए । उनले आफुले भर्ना गरेको विद्यार्थी सुनारलाई सबै किसिमको शैक्षिक खर्च दिने र नियमित रुपमा बच्चाको शैक्षिक अवस्थाको बारेमा जानकारी लिने बताए ।

सुुनारको पढाई राम्रो रहेको उनले अनलाईन केन्द्रलाई बताए । उनले मुलुकको शैक्षिक विकासको लागी सरकारले चालेको कदममा आफुले पनी सहकार्य गरेको बताउदै शिक्षा क्षेत्रमा सरकारले व्यापक लगानी गरेको भएतापनी निगरानी गर्न नसकेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस