विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी पक्राउ

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ मंसिर २४, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २४,सुर्खेत । रष्जिष्टार महेन्द्रकुमार मल्लाई निलम्बन गरेको विरोधमा आन्दोलनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार विश्वविद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले १४ जना विद्यार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुले प्रशासनिक भवनको दुई वटा काउण्टरमा तोडफोड गरेको उहाँले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्र कोइरालाले राजनीतिको आडमा बिनाकारण रजिष्टार पदबाट डा. महेन्द्रकुमार मल्ललाई हटाइएको भन्दै नेपाली कांग्रेस निटक विद्यार्थी र प्रध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आइतबार प्रशासनिक भवनमा र विश्वविद्यालयको केन्द्रीय कार्यालयका लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा विश्वविद्यालयले फुटाएको थियो ।

विश्वविद्यालयको रजिष्टारमा शिक्षा संकायका डिन यामबहादुर कार्कीलाई नियक्त गरेर डा. महेन्द्रकुमार मल्ललाई पदीय आचरण अनुसार काम नगरेको भन्दै निलम्बन गरिएको थियो ।

प्रध्यापक र विद्यार्थीहरुले नियम विपरित गरिएको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले सोमबार पनि विश्वविद्यालयको पठनपाठन ठप्प पारेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस