पुस २३,काठमाडौँ । अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीले अनेरास्ववियूको लोकप्रियता अब स्ववियु निर्वाचनबाट पुष्टि हुने बताएका छन ।’कम्युनिस्ट पार्टीको सरकार लोकप्रियता स्ववियु निर्वाचनबाट थप पुष्टि गर्छौ’ उनले अनलाईन केन्द्रलाई बताए ।
त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन महिनामा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएपछि विद्यार्थी नेताहरुले आफ्नो प्रतिक्रिया दिन सुरु गरेका छन । नेता पराजुलीले कम्युनिस्ट पार्टीको सरकार लोकप्रियतालाई स्ववियु निर्वाचनबाट थप पुष्टि गर्ने बताए ।
उनले भने–’अनेरास्ववियुका लागि यो स्ववियु निर्वाचन सुनौलो मौका हो । अहिले हामी दुई ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एक भएर स्ववियु निर्वाचनमा भाग लिदैछौ । अब हामी अनेरास्ववियू भएका छौ ।’
दुई पार्टीको विद्यार्थी संगठन एक हुने वितिकै अराजक शैलीमा विद्यार्थी राजनिति गर्नेको दिन सकिने उनले बताए । उनले अव विद्यार्थीको अधिकार र उनिहरुको शैक्षिक गुणस्तरको लागि नेकपा निकट विद्यार्थी संगठनको रुपमा रहेको अनेरास्ववियुले नेतृत्व लिनेमा कुनै शंका नरहेको बताए ।