विधि भन्दा बाहिर पुर्वाञ्चल विश्वविद्यालय : विवादास्पद झा लाई नियुक्तीको प्रयास !

Post Thumbnail

पुस २८,विराटनगर । पुर्वाञ्चल विश्वविद्यालयमा उप–रजिष्टारको नियुक्ती प्रयासले फेरी एकपटक विश्वविद्यालय विवादमा आएको छ । पुर्वाञ्चल विश्वविद्यालयको कार्यकारीमा उपकुलपती र रजिष्टार मात्रै रहेको बेलामा केही व्यक्तिको चाहनामा विश्वविद्यालयमा सदैब विवादको पात्रको रुपमा हेरिएको विवादास्पद व्यक्ति राजेश झा लाई नियुक्तीको प्रयास गरिएको छ ।

यो चलखेलसंगै विश्वविद्यालयमा फेरी तनावको स्थिती सिर्जना हुने भएको छ । उनलाई विशेषतः कांग्रेस नेताहरुको दबावमा बर्तमान रजिष्टार प्रमिला थापालाई छाँयामा पार्न उपकुलपती घनश्याम लाल दासले कांग्रेस नेताहरुलाई खुसी बनाउन यस्तो योजना अगाडी सारिएको बुझिएको छ । केही दिन अगाडी सम्माननिय राष्ट्रपति विद्या भण्डारीको भ्रमणका बेला आफ्नो कार्यकालमा कुनै कलेजको सम्बन्धन अगाडी नबढाउने र कुनै नियुक्ती नदिने प्रतिबद्धता जनाएका उपकुलपतीले राजेश झा को पहलमा स्नातकोत्तरको कार्यक्रम सम्बन्धन दिने तयारी गरेको विश्वविद्यालय स्रोतले जानकारी दिएको छ ।

नियुक्ती हैन तत्काल कारवाही गर्नुपर्छ : विश्वविद्यालय सरोकार समाज

विश्वविद्यालयमा गलत नजिर अगाडी बढाउन अध्याँरो कुनामा पहल भएकोमा पुर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले विरोध जनाएको छ । समाजका अध्यक्ष सञ्जिव रोक्काले राजेश झा विश्वविद्यालयमा गलत गतिविधी गर्ने प्रमुख पात्र भएको र उनी जस्ता व्यक्तिलाई तत्काल कारवाहीको प्रक्रिया अगाडी बढाउनु पर्ने बताए । यो विश्वविद्यालयमा समन्वय महाशाखाको नाममा बर्षौदेखी निजी कलेज सम्बन्धनसहित हरेक कुरामा अनावश्यक मोलमोलाई गर्ने राजेश झा लाई कुनै नयाँ ठाँउ सिर्जना गरेर अगाडी बढाएमा नागरिक समाजले विरोध मात्रै हैन आन्दोलन गर्ने उनको भनाई थियो ।

पछिल्लो समय विशवविद्यालयमा उप–रजिष्टारको नियुक्ती प्रयास गरेको हल्ला बाहिर आएपछि प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्री ले नजिकबाट चासो दिएको स्रोतले बताएको छ । उक्त कदम अगाडि बढाइए उपकुलपति सहित कार्यकारी परिषद् सदस्य नै कारबाहीमा पर्न सक्ने सम्भावना रहेको मन्त्रालय सुत्र ले जनाएको छ । झा ले सबै पार्टीका नेतालाई आफू अनुकुल प्रयोग गर्ने गरेको र हाल केही सरकार सम्बद्ध दलका एक दुई बिध्यार्थी नेताले नियुक्तीको लागि दवाब दिएको बुझिएको छ ।

उक्त बिध्यार्थी नेताले प्रधानमन्त्री र शिक्षा मन्त्रीको हवला दिदै दवाब दिएको बुझिएको तर प्रधानमन्त्री कार्यालय र मन्त्रालय सुत्रका अनुसार यो विषय बेमौसमको बाजा भएको र गलत गतिविधि विश्वविद्यालयमा हुन थाले सरकारले सही ट्र्याकमा ल्याउन जुनसुकै कदम चाल्ने बुझिएको छ ।

हाल बिबादमा रहेका पात्र राजेश झा ले स्नातक पास गरेको सर्टिफिकेट नक्कली रहेको र उनले भारतमा पढेका सबै कुरा को छानबिन गरिनुपर्ने भन्दै अख्तियार र अदालतमा मुद्दा हाल्ने तयारी नागरिक समाजले गरेको बुझिएको छ।

एउटा विशेष पद सिर्जना गरी निरन्तर नियुक्ती खाने सम्भवत नेपालको कुनैपनि विश्वविद्यालयमा उनी एक्ला पात्र समेत हुन । यसबारे बुझ्न सम्पर्क गर्न खोज्दा  रजिष्टार प्रमिला थापाको फोन लाग्न सकेन् ।

हामी प्रतिकार गछौँ : ऐन महर

उप–रजिष्टारको नियुक्तीको विषयमा अनेरास्ववियूका केन्द्रिय महासचिव ऐन महरले हुँदै नभएको पद सिर्जना गरेर विश्वविद्यालय जस्तो क्षेत्रलाई राजनितिक भर्नाको अखडा बनाउन नहुने अनलाईन केन्द्रलाई बताए ।

उनले भने–’विश्वविद्यालयमा विधी/प्रक्रिया हुन्छन, प्रधानमन्त्री स्वयम यस संस्थाको कुलपती हुनुहुन्छ,हामीले पनि यो विषयलाई गम्भिर ढंगले लिएका छौँ । यदी यस्तो घृणित र निर्लज्ज किसिमले एकतर्फी कोही जान खोज्छ भने हामी त्यसको प्रतिकार गछौँ ‘

ताजा अपडेट

खोजी गर्नुहोस