अष्ट्रेलीयन एजुकेशन कन्सल्टेन्सीको सफलता, एकवर्ष भित्रमा नै ५० भन्दा धेरै विद्याथीले भिसा पाए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं ।   बागबजारमा रहेको अष्ट्रेलीयन एजुकेशन कन्सल्टेन्सीले अपार सफलता पाएको छ । आज भन्दा करिब एक वर्ष अघि सञ्चालनमा आएको एक वर्षमा नै यसले धेरै विद्यार्थी अष्ट्रेलीयामा पठाउन सफल भएको यसका सञ्चालक होम दवाडीले बताए ।

उनका अनुसार, अहिलेसम्म करिब ६0 भन्दा बढि विद्यार्थी यस कन्सल्टेन्सीमार्फत उच्च शिक्षाका लागि अष्ट्रेलीया गईसकेका छन् ।
अनलाईनकेन्द्रसँग कुरा गर्दै सञ्चालक दवाडीले केही बर्ष आफ्नो पढाईलाई ग्याप गरेर बसेका विद्यार्थीहरुको पनि भिसा लागिरहेको जानकारी दिए ।

सञ्चालक दवाडी यसअघि अस्ट्रेलीयामा १० वर्षसम्म बसेका थिए । त्यसपछि उनले स्वदेश फर्कि कन्सल्टेन्सी सञ्चालन गरेका हुन् । आफ्नो कन्सल्टेन्सी अहिले विद्यार्थीहरुको लागि भरपर्दो र विश्वासीलो बन्दै गइरहेको उनले बताए ।

उनको कन्सल्टेन्सीको कार्यलय अस्ट्रेलीयामा पनि रहेको छ । अष्टे«लीया जाने र त्यहा बस्ने नेपालीहरुका लागि पीआरको एअरपोर्ट पिकअप र बिद्यार्थीहरुलाई कुनै समस्या परेमा कम्पनीले सहयोग गर्दै आएको छ  । त्यस्तै, कन्सल्टेन्सीले अष्ट्रेलीयामा जब सर्च, एकोमोडेसन तथा पिआरको लागि परामर्श समेत गर्दै आएको छ । अनलाइनकेन्द्रसँग कुरा गर्दै उनले अष्ट्रेलीयामा नेपाली विद्यार्थीहरुलाई कुनै अप्ठ्यारो परे सहयोग आफुहरुले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग मनैदेखि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस