कांग्रेस पुर्व सभापतिद्धयको नाममा रहेका अस्पताल केन्द्र मातहत राख्ने निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १५, मंगलबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १५,काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन गर्दै थप दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको हो ।

सरकारको निर्णयबारे जानकारी दिँदै सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भने,‘कांग्रेसको माग पूरा भयो, गिरिजाप्रसा कोइराला र सुशील कोइराला कांग्रेसका मात्रै होइन, हाम्रा पनि नेता हुन् ।’

मन्त्रिपरिषदको निर्णयबारे संसदलाई माघ १७ गते जानकारी गराउने सरकारको तयारी छ ।

यसअघि ९ अस्पताललाई केन्द्र सरकार मातहतमा राखे पनि आफ्ना नेताको नामका दुई वटा अस्पतालबारे निर्णय नगरेर खारेजी प्रक्रियामा लगेको भन्दै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको थियो ।

कांग्रेसको विरोधका बीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि अस्पतालबारे निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस