माघ २१, काठमाडौं । महिला ३० वर्ष पुगेपछि कम अन्डा निष्काशन हुने भएकाले गर्भ रहने क्षमता घट्दै जान्छ।
बढी उमेरमा बच्चा जन्माउँदाका असरहरु यस्ता छन् :
अपांगता
३५ वर्षभन्दा माथिको उमेरमा जन्माइएका बच्चामा समस्या देखिने सम्भावना हुन्छ। जस्तै, बच्चाको नाक थेप्चो हुने, लुलो–लंगडो र अपांगता हुने सम्भावना रहन्छ।
वंशाणुगत रोग
आमाबुबामा लुकेर बसेका आनुवांशिक रोग लाग्ने सम्भावना हुन्छ। जस्तै, डाउन सिन्ड्रोम, पेन्स सिन्ड्रोम आदि रोग लाग्ने सम्भावना हुन्छ।
जन्माउनै गाह्रो
३०-३५ वर्षपछि महिलामा शक्ति घट्दै जान्छ। साथै, प्रजनन अंगले युवा अवस्थामा जस्तो काम गर्न सक्दैनन्। अझ गर्भधारण गर्न नै गाह्रो हुने, सुत्केरी हुने बेला लामो समयसम्म पीडा हुने, जन्माउन नसक्ने जस्ता समस्या देखिन सक्छन्।
कति उमेर उचित?
सामान्यतया महिलामा प्रजनन क्षमताको विकास महिनावारी सुरु भएदेखि नै हुन्छ। यद्यपि, बच्चा जन्माउन १८ वर्ष नपुग्दासम्म महिला परिपक्व भइसकेका हुँदैनन्। यसर्थ, २५ वर्षको उमेर बच्चा जन्माउनका लागि उचित हुन्छ। यो क्रम ३० वर्षसम्म चलाउन सकिन्छ।