ललितपुर माविका थप दुई शिक्षकलाई यौन दुर्व्यवहारको आरोप

Post Thumbnail

माघ २४, काठमाडौं । लखनखेलस्थित ललितपुर माविका शिक्षक सुमन्त ‘सुमन’ केसी र गोकुल शर्मालाई यौन दुर्व्यवहारको आरोप लागेको छ।

त्यहाँका पूर्वछात्राले थप दुई शिक्षकले गरेको दुर्व्यवहारबारे ‘दि काठमाण्डु पोस्ट’ दैनिकमार्फत सार्वजनिक गरेका हुन्।

यसअघि यौन दुर्व्यवहार आरोप लागेका गणित शिक्षक बोधराज त्रिपाठीलाई केही दिनअघि मात्रै व्यवस्थापन समितिले निलम्बन गरी कानुनी कारबाही गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस