मेडिकल कलेजको बदमासीः एमबिबिएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १४, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन १४, काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयु) बाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा.अंकुर साहले कुनै मेडिकल काउन्सिलद्वारा निर्धारितभन्दा बढी विद्यार्थी भर्ना गरिएको पाइए त्यस्ता विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे ।

नागरिकलाई प्राप्त निजी मेडिकल कलेजहरुले नेपाल मेडिकल काउन्सिलद्वारा चालू शैक्षिक सत्रका लागि निर्धारित सय सिटमा एक–एकजना विद्यार्थी भर्ना गरेको पुष्टि हुन्छ ।

विश्वविद्यालय र मेडिकल कलेजको मिलेमतोमा एमबिबिएसमा अनधिकृत रुपमा विद्यार्थी भर्ना गरिएको मेडिकल काउन्सिल उच्च स्रोतको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस