‘भरतमोहन अधिकारीको अवस्था अत्यन्तै चिन्ताजनक,अब बचाउन कठिन’ : हेम्स अस्पताल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १८, शनिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन १८,काठमाडौँ । पुर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था अत्यन्तै चिन्ताजनक रहेको हेम्स अस्पतालका डा. हेमराज पनेरुले जानकारी दिएका छन ।
उहाँका अनुसार नेता भरतमोहन अधिकारीलाई अब बचाउन कठिन रहेको र उहाँका शरिरका कुनैपनि अंगले काम गर्न छोडेकोले कुनैपनि समय उहाँलाई जिवित नरहेको घोषणा गर्न सकिने बताए । अहिले उहाँलाई सजिलो बनाउने उपचार गरिहेका छौं’ अस्पतालले भनेको छ ।

नेता अभिकारीको केही हप्तादेखि सघन उपचार कक्षमा राखेर निगरानी भईरहेको छ । केहीदिन मेडीसिटी अस्पतालमा राखेर उपचार गराईरहका अधिकारीको त्यहाँ उपचारमा लापरवाही भएपछि ह्याम्स पुर्याइएको थियो ।

अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा. भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस