फागुन ३०, काठमाडौँ । काम, काम, काम जति व्यस्त भए पनि समयसमयमा मिर्गौला जँचाउन नबिर्सनुहोला।
किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिँदैन। ज्यान स्वस्थ देखिँदादेखिँदै मिर्गौला खराब हुनसक्छ।
लब लक्षण देखिन्छ, मिर्गौला कामै नलाग्ने भइसकेको हुन्छ।
विशेषज्ञहरु भन्छन्– तीन लाख नेपालीलाई आफ्नो मिर्गौला विग्रेको थाहा छैन। तर नआत्तिनुस् अति सानो परीक्षणले नै बिग्रन थालेको थाहा हुन्छ।
रोकथामको सजिलो उपाय भनेकै बेलाबेलामा जँचाउनु हो।
‘जव मिर्गौला बिग्रन्छ, तब मात्रै स्याँ स्याँ गर्दै अस्पताल आउने चलन छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेले भने, ‘वर्षमा एकपटक जँचाए मात्र पनि मिर्गौला स्वस्थ राख्न सकिन्छ।’
त्रिवि शिक्षण अस्पतालमा गत वर्ष झण्डै पाँच सय बिरामी मिर्गौला बिग्रेपछि पुगे। जसमध्ये ठूलो संख्याले अहिले डायलासिस गराईरहेका छन्।
सिसाव धमिलो आउन थाल्यो र राती पटक पटक पिसाब फेर्नुपर्छ भने तुरुन्तै मिर्गौला जँचाउनुपर्ने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ दिव्यसिंह शाहले बताइन्।