भारतको ३ करोड ५५ लाख सहयोगमा सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस निर्माण

Post Thumbnail

चैत्र ८,रामेछाप । जिल्लाको बाम्ती भण्डार स्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसका लागि निर्मित क्याम्पस भवनको औपचारिक उद्घाटन बिहिबार जिल्ला समन्वय समिति तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा गरेका छन ।

सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल १००० विद्यार्थीहरु अध्ययनरत छन् । सन् २००६ देखि यस क्याम्पसले स्नातक तहका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस रामेछाप जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ ।

भारत सरकारको ३.५५ करोड नेपाली रुपैया अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँ भवनमा १२ वटा कक्षाकोठा रहेका छन् । संकाय, प्रधानाध्यापक, पुस्तकालय, बैठक, लेखाशाखा, प्रयोगशाला, भण्डारणका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि शौचालय निर्माण गरिएका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभई रामेछाप तथा यस जिल्लासँग जोडिएका अन्य क्षेत्रका गरिब तथा सीमान्तकृत विद्यार्थीहरुको शिक्षामा पहँुच समेत बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस