अंगुर खानुका फाइदै फाइदा

Post Thumbnail

तपाईंलाई थाहा नै छ नियमित रुपमा फलफूल खानु हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक छ। नियमित रुपमा फलफूल खादा विभिन्न रोगबाट बच्न सकिन्छ। आज हामी तपाईंलाई नियमित रुपमा अंगुर खानुको फाइदा बारे जानकारी दिँदै छौ।

अंगुरको सिजन सुरु भइसकको छ। अंगुरको नियमित सेवनका अनेक फाइदा छन्। यसले तपाईको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ। अंगुरमा भिटामिन, पोटाशियम, आइरनसहितका पौष्टिक तत्व पाइन्छ। हेर्नुस् अंगुर खाँदा हुने नौं फाइदा स्

१. अंगुरमा रेसवेराट्रोल तत्व प्रचूर मात्रामा हुन्छ जुन अल्जाइमर्स रोगमा लाभदायी हुन्छ।

२. अंगुरको सेवनले कोलेस्ट्रोल र यूरिक एसिड नियन्त्रणमा पनि सहयोग पुग्छ। अंगुर भिटामिन, पोटासियम, क्याल्सियम, आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ। यसको नियमित सेवनबाट छालाको सौन्दर्य, रुघाखोकी आदिमा छुटकारा पाउन सकिन्छ।

३. अंगुरमा पोलिफेनोलिक फाइटोकेमिकल कम्पाउण्डले क्यान्सर, कोरोनरी डिजिज, अल्जाइमर्स, फंगल इन्फेक्सन आदिमा पर्याप्त फाइदा दिन्छ।

४. रक्तस्रावको समस्यामा एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ।

५ .अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ। यसले शरिरमा स्फूर्ति जगाउने, पाचन संयन्त्र बलियो बनाउने, आँखा, कपाल र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ।

६. हृदयघातबाट जोगिन एक चम्चा कालो अंगुरको जुस र एसपिरिन औषधि घोलेर खाएमा फाइदा पुग्छ। कालो अंगुरमा हुने फलोवोनाइड्स र एसपिरिनले रगत जम्न दिँदैन।

७. घाउ, खटिरा निको पार्न पनि अंगुर सहयोगी हुन्छ । अंगुरको रसले मुख धुने गरेमा डण्डिफोरजस्ता समस्या हल हुन्छ।

८. एसिडिटी र बान्ता आउने समस्यामा नुन र मरिच घोलेर अंगुर जुस खाएमा फाइदा पुग्छ।

९. पेटको गर्मी शान्त पार्न राति २० दाना अंगुर पानीमा भिजाउने र बिहान त्यसको रसमा सखर मिसाएर खाएमा आराम हुन्छ। तर पेट खाली भएको अवस्था चाहिन्छ। साथै, भोजनपछि अंगुरको जुस खाने गर्नाले रगत बढाउन सहयोग हुन्छ। पेटको वायु नियन्त्रणमा पनि सहयोग पुग्छ।

ताजा अपडेट

खोजी गर्नुहोस